सर्वोच्च अदालतको अादेश विरुद्ध राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताले कलंकीमा मसाल जुलुस निकालेका छन्। जुलुसमा संघका स्थायी कमिटी सदस्य मोदनाथ सिलवाल (सन्तोष), सचिवालय सदस्य स्वतन्त्र पण्डित,केन्द्रीय सदस्य तथा नेकपा एमाले काठमाडौं महानगरपालिका १४ नं वडाका अध्यक्ष विनोद थापा, केन्द्रीय सदस्य ईश्वर लोहनी , राष्ट्रिय युवा संघ १४ नं इन्चार्ज दिपेस शुदाकार,१४ नं उपाध्यक्ष सुनिल खत्री, सुजन तामाङ, कर्म शिंह सिवाकोटी लगायत पचासौं कार्यकर्ताको सहभागीता रहेको थियो ।

कलंकी मकालु पेट्रोल पम्प वाट निस्के र कलंकी चोक तिर लागेको जुलुस चोकमा पुगेपछि पुलिसले हस्तक्षेप गरेको थियो । जुलुसमा विदेशी दलाल होसियार, सर्वोच्चको आदेश मान्दैनौं, केपी अोली जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद , घुसपैठ मुर्दावाद जस्ता नारा लागेको थियो ।

