स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १३३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ।

नेपालमा आज १ हजार १३३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६८० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ७१२ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ५७ हजार १३९ जना र एन्टीजेन परीक्षणबाट ४४ हजार ३१९ जना पुगेको छ।
आज १८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ।
आज ११ हजार ५८४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख २३ हजार १६४ जनाको पिसिआर र २ लाख ३८ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

