काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक
सानेपामा बस्दै छ। सभापति शेरबहादुर देउवाद्वारा मंगलबार दिउँसो बैठक आह्वान गरिएको हो ।

बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने पौडेलले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता महादेव यादव संयोजक रहेको निर्वाचन समितिले महाधिवेशनको तयारी अगाडि बढाएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

