काठमाडौं : पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलले जुटाएको सहमति अनुमोदन गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक बेलुकी ५ बजे बस्ने भएको छ ।

बैठकद्वारा कार्यदलले आइतबार गरेको १० बुँदे सहमति अनुमोदन गरिनेछ । बैठकअघि अध्यक्ष केपी शर्मा ओेलीले महासचिव ईश्वर पोखरेल र माधव नेपाल पक्षसँग पनि परामर्श गरेका छन् ।

कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले
सहमति लगत्तै संवाददाताहरूलाई प्रतिक्रिया दिँदा आफूहरू बैठकमा सहभागी हुने बताएका थिए ।

एमालेले भोलि केन्द्रीय कमिटी बैठक पनि आह्वनआह्वन गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *