साताको पहिलो दिन आज सुनको मूल्य स्थिर छ। शुक्रबार १ सयले बढेको सुन आज स्थिर भएको हो।

गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर भएको थियो। मंगलबार ३ सयले बढेको थियो। यस्तै बुधबार ४ सयले बढेको थियो भने बिहीबार १ सयले बढेको थियो। शुक्रबार पनि १ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९२ हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज १० रुपैयाँ घटेको छ। चाँदी आज एक हजार ३१५ मा कारोबार भइरहेको छ।

