साताको अन्तिम दिन आज पनि सुनको मूल्य बढेको छ। आज सुन १ सयले बढेको हो।

आइतबार २ सयले बढेको सुन सोमबार स्थिर भएको थियो। मंगलबार ३ सयले बढेको थियो। यस्तै बुधबार ४ सयले बढेको थियो भने बिहीबार १ सयले बढेको थियो ।गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। मंगलबार तोलामा एक सयले घटेको थियो। बुधबार ६ सयले घटेको थियो भने बिहीबार ८ सयले बढेको थियो। शुक्रबार ५ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९२ हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ। चाँदी आज एक हजार ३०५ मा कारोबार भइरहेको छ।

