सत्तारुढ नेकपा (एमाले) अध्यक्ष एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा नभेट्ने गरी टाढिएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि बुधबार साँझ राजधानीको पाँचतारे होटल म्यारिअटमा भेटेका छन्। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआउन्जेल सकेसम्म यस्तो भेटघाट गर्नै नपरोस् भनेर बसेका नेपालका निम्ति दोस्रो पुस्ताका नेताहरूले बाध्यता सिर्जना गरेका हुन्।

दोस्रो पुस्ताका भनिएका नेताहरू केही दिनदेखि ओली र नेपाललाई भेट गराएर सहमतिको कागजमा हस्ताक्षर गराउन सक्रिय हुँदै आएका छन्। यो कुरा बुझेर नेपालले आफू निकट दोस्रो पुस्ताका नेतालाई समेत थाहा नदिई निकटका पुराना पार्टी नेता तथा कार्यकर्तालाई भेट्न सुरुसमेत गरिसकेका छन्। यसैक्रममा उनी कसैलाई जानकारी नदिई मुकुन्द न्यौपाने, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारीलगायतको सम्पर्कमा पुगे।

ओली र नेपाल दुवैलाई एकअर्का चाहिएका होइनन्। तर दलभित्रको दोस्रो पुस्ताले एमालेमा अहिले विभाजन आउनासाथ आफ्नो भविष्य अनिश्चित देखेपछि जसरी पनि मिलाउनुपर्ने आवश्यकता महसुस गरेको हो। त्यही भएर उनीहरू कहिले ओली त कहिले नेपालकहाँ अनवरत दबाब दिन सक्रिय भएका हुन्।

ओली र नेपाल दुवै पक्षका दोस्रो पुस्ताका नेताहरूले निकालेको एउटा मुख्य निष्कर्ष हो– एमाले विभाजित भएको अवस्थामा आगामी निर्वाचनमा दुवै पक्षको सर्मनाक पराजय हुन्छ। त्योभन्दा पनि पर्तिर गएर उनीहरूले राष्ट्रियता र लोकतन्त्र रक्षाका निम्ति अहिले एक नहुने हो भने त्यसले मुलुकमा ठूलो शून्यता सिर्जना गर्ने आकलन गरेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *