एजेन्सी :
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि ७९ वर्षका उनले आत्मसमर्पण गरेका हुन् ।  क्वाजुलु नाताल प्रान्तमा रहेको आफ्नो घर नजिकैको जेलमा उनी गएको बीबीसीले जनाएको छ।

प्रहरीले आत्मसमर्पण नगरे पक्राउ गर्ने चेतावनी दिएको थियो । भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उनलाई गएको हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो । दक्षिण अफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल चलान भएको यो पहिलो पटक हो ।

उनी ९ वर्ष सत्तामा रहँदा भएको भ्रष्टाचारका सम्बन्धमा अनुसन्धानका लागि आवश्यक प्रमाण दिन दिएको आदेश उनले मानेका थिएनन् । उनको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि साठगाँठ गरेको आरोप लगाइएको छ । तर उनले यसको खण्डन गर्दै आफू राजनीतिक षड्यन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *