एजेन्सी :
अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समूहले नर्स र बालबालिका गरी १२ जनाको अपहरण गरेको छ ।

नाइजेरियाको जारियामा रहेको कुष्ठरोग केन्द्रमा प्रवेश गरेका बन्दुकधारी समूहले उनीहरुको अपहरण गरेको हो ।

अपहरणमा तीन बालबालिका सहित ९ जना नर्स रहेका छन् । अपहरणमा परेका बालबालिका सोही केन्द्रमा उपचाररत रहेको बुझिएको छ ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि नाइजेरियाका आतंकवादी समूह बोको हरामले अपहरण गरेको आशंका गरिएको छ ।

नाइजेरियामा विद्रोही समूह बोको हरामले दशकौंदेखि आतंकवादी हमला गर्दै आएको छ भने बर्षेनी स्कुले विद्यार्थीहरुको अपहरण गर्ने गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *