होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्र्याएको CB 350 DLX ले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ।

होण्डाद्वारा निर्धारित यस बाइकको मूल्यका विषयमा केही समीक्षा अवश्य भएता पनि यस बाइकमा भएको फिचर्स्ले बाइकरहरुको मन लोभाएको छ।
केही साता अघि लन्च गरिएको यस बाइक आज स्टक आउट भएको छ। अब उपरान्त बाइक खरिद गर्न इच्छुक बाइकरहरुले अगष्ट महिनासम्मका लागि कुर्नु पर्ने कम्पनिले जनाएको छ। आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचर्सले गर्दा यो बाइक सबै उमेरका बाइकरहरु माझ लोकप्रिय बन्न सफल भएको हो।
३००० आरपिएममा ३० एन एम टर्क र ५५०० आर पिएममा २१.०७ पिएसको अधिकतम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकरसहितको LED हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् , डिजिटल मिटरहरु उपलब्ध रहेका छन्।

