काठमाडौं : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष डा. भीम रावल बीच बालुवाटारमा भेटवार्ता भएको छ ।भेटवार्ताका लागि रावल आइतबार बेलुका करिब आठ बजे बालुवाटार पुगेको स्रोतले जनएको छ ।

यही शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनको लागि सोमबार साँझ ५ बजेसम्मको समय दिएको छ । तर, नेपाल पक्षले भने कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारिसकेको छ।

आइतबार नै अध्यक्ष ओली पक्षधर नेताहरुले वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए । उक्त भेटमा हस्ताक्षर फिर्ता लिनको लागि आग्रह गरेका थिए । र, ओलीसँग वार्ता गर्न सुझाएका थिए । तर, नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन् । यही सन्दर्भमा अध्यक्ष ओलीले रावलसँग छलफल गरेको स्रोतले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *