काठमाडौं : इंग्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा युक्रेनमाथि इंग्ल्याण्डले ४-० को जित दर्ता गरेको हो ।

इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले दुई तथा ह्यारी मागुइरी र जोर्डन हेन्डर्सनले एक-एक गोल गरेका थिए ।

रहीम स्ट्रर्लिङ्गको सहयोगमा केनले खेलको चौथो मिनेटमै गोल गरेर इंग्ल्याण्डलाई अग्रता दिलाउन सुरु गरेका थिए।

शनिबार राति नै भएको खेलमा चेक गणतन्त्रमाथि २–१ को जित निकाल्दै डेनमार्कले अन्तिम चारको यात्रा तय गरेको छ ।

इंग्ल्याण्डले फाइनल प्रवेशका लागि बुधबार राति डेनमार्कसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *