प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।

एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ । ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।
-राजधानी दैनिकबाट

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *