झापा: हात्तीको आक्रमणबाट बुधबार बिहान झापामा दुई युवक घाइते भएका छन्। एकको भने अवस्था गम्भीर छ। बुधबार बिहान करिब ६ बजेतिर हात्तीले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्।

इलामको माई नगरपालिका १० का विजय खाती गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ। झापाको अर्जुनधारा नगरपालिका वार्ड नं १ सिस्नेका १९ बर्षिय मिलन कार्की पनि सामान्य घाइते भएका छन्।

बुद्धशान्ति गाउँपालिका वार्ड नं २ को बिरिङ नजिकै उनीहरूलाई हात्तीले आक्रमण गरेको थियो। उनीहरुको बिर्तामोडमा रहेको विर्तासिटी अस्पताल लगिएको छ।

दुवै जना ढुंगा/गिटी ढुवानीमा मजदुरको रुपमा काम गर्दै आएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *