मध्यमार्गी नेताहरूको हप्तौंको मेहनत खेर गएन भने एमाले एकताको सन्निकट पुगेको छ। अबको मतभेद केही प्राविधिक विषयमा अल्झिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधर नेताहरूले पार्टीलाई जेठ २ को स्थितिमा फर्काउन माग राख्दै आएका थिए। अडान त्यागेर अध्यक्ष केपी शर्मा ओली त्यसमा सहमत मात्र भएनन्, महाधिवेशन आयोजक कमिटी भंग गरेका छन्।

महाधिवेशन आयोजक कमिटीकै बुधबारको बैठकले उक्त कमिटी खारेज गरेको हो। त्यही क्रममा शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षीय नेताहरू नजाने भएका छन्। त्यसमा उनीहरूको धारणा छ, ‘अवैध भनेर खारेज गरिएको महाधिवेशन आयोजक कमिटीले बोलाएको बैठकमा जानु उचित ठानिएन।’

दुवै पक्षका दोस्रो पुस्ताका केही नेता एकता पहलमा लगातार बस्दै आएका छन्। त्यही क्रममा ओली पक्षीय नेताहरूलाई नेपाल पक्षीय नेताहरूले शुक्रबारको बैठक रोक्न प्रस्ताव पठाएका छन्। ओलीले त्यसमा के गर्ने, निर्णय लिइसकेका छैनन्।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *