नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको ठहरसहित वरिष्ठ गायक एवं संगीतकार माणिक रत्न स्थापितलाई सम्मानित गरिएको छ । उनलाई बिहीबार संगीतकार संघ नेपालका तर्फबाट ‘अजर अमर सम्मान–२०७८’ प्रदान गरिएको हो ।

ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमा पुगेर सम्मान हस्तान्तरण गरिएको हो । माणिकरत्नलाई संघका तर्फबाट १ लाख १ सय ११ रुपैंयाँ नगदसहित अजर अमर सम्मानबाट सम्मानित गरियो । वरिष्ट संगीतकार तथा सो संघका संरक्षक शम्भुजीत बासकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानद्वारा उनलाई सो सम्मान प्रदान गरिएको हो । सो भेटमा संघका तर्फबाट माणिक रत्नको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

वरिष्ट संगीकार बास्कोटाले सो सम्मान प्रदान कार्यक्रममा नेपाली संगीत क्षेत्रमा माणिक रत्नको योगदानको चर्चा गरे । माणिकका गीत नेपाली संगीत क्षेत्रमा अजर अमर रहेको पनि उनले बताए ।
-राजधानी राष्ट्रिय दैनिकबाट

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *