काठमाडौं : नेकपा (एमाले) नेपाल समूह पार्टी अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने भएको छ।

नेता भीम रावलले बिहीबार बसेको नेपाल समूहको बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको बताए।

पार्टीको विधानअनुसार अध्यक्ष ओली नचलेको आरोप लगाउँदै अध्यक्ष ओलीले नवौं राष्ट्रिय महाधिवेशनबाट गठित केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ अगाडि फर्काउनुपर्ने माग नेपाल समूहले दोहोर्याएको छ।

यसअघि ६ बुँदे लिखित प्रस्ताव पेस गरेकामा त्यसलाई इमान्दार भई पालना नगरिएको आरोप नेता रावलले लगाए। रावलले पार्टी विधान विपरीत गठित दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णय एकता विरोधी ठहर गर्दै १८ गतेका लागि आह्वान गरिएको बैठकमा नजाने निर्णय गरेको जनाएका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *