RAIN

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी  प्रदेशका एक वा दुई ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशमा पहिरोको जोखिम र नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मनसुनी वायु प्रभाव र दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ।

दिउँसो पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भीषण वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *