cuffMan in handcuffs

मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा ४ जना र चोरीको स्कुटर खरिद गरेको अभियोगमा २ जना गरी ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त सवारी साधन चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भई हाल भक्तपुर नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तामाङ, भक्तपुर नगरपालिका-२ दत्तात्रय घर भई हाल भक्तपुर नगरपालिका-८ लिवाली बस्ने १९ वर्षीय वैद्य भन्ने विजय ह्याङजु, दोलखा सैलुङ गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाइबा र भक्तपुर नगरपालिका-८ लिवाली घर भएका २० वर्षीय साइन भन्ने रमेश कोजु रहेका छन् । यसैगरी चोरीको स्कुटर खरिद गर्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१० पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङ लमही घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१० पलाँसे बस्ने २२ वर्षीय आकाश मगर रहेका छन् ।

भक्तपुर नगरपालिका-१० कमलबिनायक डेरा गरी बस्ने लक्ष्मण बहादुर बिकको भे.७ प ४४१३ नम्बरको मोटरसाइकल गत जेठ ३० गते हराएको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्नेक्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा.७१ प ४७०३ नम्बर बनाएर चलाएको अवस्थामा मोटरसाइकल चोरी गर्ने ४ जनालाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा कीर्तिपुर नगरपालिका-१५ बस्ने रबिन्द्र नेपालको बा.३६ प १५८८ नम्बरको स्कुटरसमेत उनीहरूले चोरी गरी बेचेको खुल्न आएपश्चात स्कुटर खरिद गर्ने २ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *