साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। सुन आज २ सयले बढेको हो।

गत हप्ता आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार ६ सयले बढेको थियो। बुधबार सुन ३ सयले घटेको सुन बिहीबार २ सयले घट्यो। शुक्रबार स्थिर थियो।
आज छापावाला सुनको प्रतितोला ९० हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार ३०५ मा कारोबार भइरहेको छ।

