जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनमा उत्रेका विपक्षी गठबन्धनका भ्रातृ संगठनलाई सतारूढ एमालेका युवा संघले प्रतिकार गरेका छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री ओलीविरूद्ध प्रतिगामी कदम चालेको भन्दै विपक्षी गठबन्धनका भ्रातृ संगठन जनकपुरधाममा विरोध प्रदर्शनमा उत्रिएका थिए। सो प्रदर्शनको विरोधमा युवा संघका नेता कार्यकर्ताहरूले प्रतिकार गरेका हुन् ।
विपक्षी दलका संयुक्त विद्यार्थी संगठनको अगुवाइमा शनिबार बेलुका जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध जुलुसले नाराबाजी गर्दै शिव चोकमा कोण सभा गर्ने क्रममा युवा संघले प्रतिकार गरेपछि दोहोरो झडपसमेत भएको थियो ।
झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएका कारण सामान्य झडप भए पनि ठुलो दुर्घटना भने हुन सकेन।

