काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो भएको आरोप लगाएका छन्।

शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले उक्त आरोप लगाएका हुन् ।

१४९ सांसदले प्रधानमन्त्रीमा आफूलाई
समर्थन गरेको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेस गर्दा पनि संसद् विघटन गरियो भन्दै उनले सो कार्यप्रति आपत्तिसमेत जनाए।

प्रधानमन्त्रीको दाबी गर्दै आफूले १४९ जना सांसदको हस्ताक्षर बुझाएको बताउँदै उनले भने, ‘राष्ट्रपतिले भण्डारी केपी ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । केपीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ ।’

त्यस्तै सभापति देउवाले संविधानको व्याख्या गर्ने अन्तिम ठाउँ सर्वाेच्च अदालत भएको भन्दै आफूहरूको पक्षमा फैसला हुने विश्वास व्यक्त गरे ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *