मंगलबार उच्च अंकले बढेको नेप्से आज फेरि उच्च अंकले घटेको छ। नेप्से परिसूचक आज ५३.८८ अंकले घटेको हो। यससँगै नेप्से २८५९.९६ विन्दुमा झरेको छ।

नेपाल धितोपत्र धितोपत्र बोर्डले असार १ गते शेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि नेप्से निरन्तर घट्न थालेको हो।

मंगलबार नेप्से परिसूचक ७९.४३ अंकले बढेको थियो। यस्तै  आइतबार र सोमबार नेप्से क्रमशः ६३.११ र ७१.०६ अंकले घटेको थियो।

आज कारोबार रकम पनि घटेको छ । आज आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो। कूल २१८ वटा कम्पनीका एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ९१ हजार ७५ पटक खरिद बिक्री भए।

सेन्सेटिभ परिसूचक पनि आज ७.५३ अंकले घटेर ५२८.३४ विन्दुमा कायम भएको छ।

आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.७१ प्रतिशतका दरले कमाएका छन् भने कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.६० प्रतिशतका दरले गुमाएका छन्।

यस्तै नेपाल पुनर्बीमा कम्पनीका शेयर सबैभन्दा धेरै ५४ करोड ३० लाख ३६ हजार बराबरको कारोबार भएको छ। आज सबै समूहका परिसूचक घटेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *