gold

साताको चौथो दिन आज सुनको मूल्य घटेको छ। आज सुन ३ सयले घटेको हो। आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार ६ सयले बढेको थियो ।

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार सुन ७ सयले घटेको थियो। मंगलबार स्थिर रहेको थियो। बुधबार १ सयले घटेको थियो। बिहीबार ११ सयले घटेको थियो। शुक्रबार १२ सयले घटेको थियो। यो हप्ताभरि सुनको मूल्य ओरालो लागिरह्यो ।

आज छापावाला सुनको प्रतितोला ९० हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २०० सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २९५ मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *