सिन्धुली । फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि सिन्धुली क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका लोकप्रिय युवा नेता एवम् सहिद पुत्र अन्जनि कोइराला उम्मेदवार सिफारिस भएका छन् । स्कुल जिवनदेखि नै नेविसंघको राजनीति गरेका र ४० वर्ष नकटेका युवा नेता हुन् कोइराला ।
शैक्षिक क्षेत्रमा पनि अगाडि क्याम्पसका लेक्चरर लगायत समाजसेवामा पनि अगाडि रहेका कोइराला सिन्धुलीको गोलन्जोर गाउँपालिका-६, देउरालीटारका स्थायी बासिन्दा हुन् ।
कोइरालासँगै प्रत्यक्षतर्फ श्यामकुमार घिमिरे, उज्ज्वल प्रसाद बराल, मोहनप्रसाद बराल, प्रेमचन्द्र दाहाल, बिश्वनाथ कोइराला, शम्भु राउत, प्रेमप्रसाद भट्टराई, ध्रुवप्रसाद पहाडी, दिनेशप्रसाद अधिकारी, अर्पणा खड्का, खिलाकुमारी दाहाल र कृष्ण मुरारी गुरुङ अनि समानुपातिक तर्फ गंगा दाहाल, इन्दिरा निरौला, भद्रीमाया मगर र चेतप्रसाद भट्टराईको साथै रास्ट्रीय सभातर्फ बिनोद गुरुङको नाम सिफारिस गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *