भक्तपुर, 2082 मंसिर 20 — HISSAN बागमती प्रदेशको आयोजनामा एसओएस ग्राउण्ड, भक्तपुरमा सम्पन्न डोरी तान प्रतियोगिता–2082 प्रभावकारी र उत्साहजनक वातावरणमध्ये सम्पन्न भएको छ। कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व तथा संस्थाप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि HISSAN केन्द्रीय समितिका अध्यक्ष श्री रमेश कुमार सिलवालको विशेष उपस्थितिले प्रतियोगितामा ऊर्जा थपिएको आयोजक समितिले जनाएको छ। साथै केन्द्रीय, प्रदेश, जिल्ला, महानगर तथा पालिका–स्तरका HISSAN पदाधिकारी, सल्लाहकार, तथा Technical Team नेपाल डोरी तान संघका सुर्य बहादुर भट्टराई लगायतको सहभागिताले प्रतियोगिता थप सफल बनेको थियो।

प्रतियोगितामा कक्षा ११, १२ तथा स्नातक तहका १०० भन्दा बढी विद्यार्थी समूहको सहभागिता रहेको थियो। खेल प्रशिक्षक, प्राचार्य, निर्देशक तथा विभिन्न कलेजका प्रतिनिधिहरूको उपस्थिति र विद्यार्थीहरूको खेल भावना यो कार्यक्रमको मुख्य आकर्षण बनेको आयोजकको भनाइ छ।

नेपाल डोरी तान संघका केन्द्रीय अध्यक्ष श्री भवानी प्रसाद पौडेल तथा संघका प्रतिनिधिहरूले प्रदान गरेको सहयोगका लागि समेत बागमती HISSAN परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै कार्यक्रमको समाचार, फोटो तथा भिडियो कवरेजका लागि पत्रकार, मिडिया प्रतिनिधि तथा खेलप्रेमी दर्शक–दर्शिकाप्रति पनि आभार व्यक्त गरिएको छ।

प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्दै निम्न कलेजहरूले विजयी बने:

ब्रिजवाटर इन्टरनेशनल कलेज — छात्रातर्फ प्रथम
समृद्धि कलेज — छात्रातर्फ दोस्रो
नोबेल एकेडेमी — छात्रतर्फ प्रथम
एशिया प्यासिफिक कलेज — छात्रतर्फ दोस्रो

विजेताहरूलाई क्रमशः रु. 20,000/- तथा रु. 15,000/- पुरस्कार खेलकुद समापन समारोहमार्फत प्रदान गरिएको थियो।

HISSAN बागमती प्रदेशका तर्फबाट राज कुमार आचार्य तथा कार्यसमितिले सबैलाई बधाई व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *