काठमाडौँ, मङ्सिर ११ — ब्रिजवाटर इन्टरनेशनल कलेज, सिनामंगलद्वारा आयोजित “मिस्टर र मिस फ्रेसर–२०८२” प्रतियोगिता बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रूपमा सम्पन्न भएको छ। नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूको प्रतिभा, व्यक्तित्व र नेतृत्व क्षमताको मूल्यांकन तथा उत्साहवर्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रमको आकर्षक संचालन सोफिया महर्जनले गरेकी थिइन्। प्रतियोगितामा प्रस्तुतिहरूको मूल्यांकन सोनित राज ढुंगेल, स्मारिका शर्मा र सचिन खरेलले युक्त निर्णायक मण्डलले गरेको थियो।

कडा प्रतिस्पर्धाबीच मिस्टर फ्रेसर–२०८२ उपाधि सैलेन्द्र सुबेदी र मिस फ्रेसर–२०८२ उपाधि अदिती गिरिले प्राप्त गरे। साथै अन्य श्रेणीका उपाधि विजेता यसप्रकार छन्—

मिस्टर फ्रेसर फर्स्ट रनरअप : रामकृष्ण सेन्चुरी

मिस फ्रेसर फर्स्ट रनरअप : आयुष्मा बुढा

मिस्टर फ्रेसर सेकेण्ड रनरअप : युबराज शाह

मिस फ्रेसर सेकेण्ड रनरअप : पाश्ना राइ

आयोजक कलेजका अनुसार, प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, स्टेज प्रस्तुती क्षमता र नेतृत्व विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। उपस्थित अतिथि, शिक्षक तथा विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्तै सफल र अनुकरणीय भएको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *