स्नातक तहमा भर्ना हुन आउने १० जना विद्यार्थीलाई बृजवाटर एडुकेशन फाऊण्डेशन अन्तर्गत सन्चालीत डांफे कलेजले छात्रवृत्ति दिने भएको छ ।
त्रिभुवन विश्वबिधालय अन्तर्गतको यो कलेजले प्रत्येक बर्ष बिधार्थीलाई दिदैं आएको ऊक्त छात्रवृत्ती पाऊनको लागी कलेज प्रशासनमा सम्पर्क गर्नु पर्नेछ।
हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरू छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउनेछन् । विद्यार्थीहरूले चार वर्षे बिसिए (ब्याचलर ईन कम्प्युटर एप्लीकेशन) कोर्षका लागि यस्तो अवसर पाउनेछन् ।

कलेजका कोओर्डिनेटर बिजय मिश्रका अनुसार कक्षा १२ मा न्यूनतम २ जीपीए ल्याएका १० जना विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गर्नेछन् ।कलेजको यो छात्रवृत्ति पाउन कलेजको फाराम भर्नुपर्छ ।फाराम भरेका योग्य विद्यार्थीहरूलाई कलेज स्वयंले अन्तर्वार्ताका लागि बोलाउने मिश्रले बताए । त्यस्तै इच्छुक विद्यार्थीहरूले छात्रवृत्ति पाउन भदौ ३१ भित्र फारम भरी सक्नुपर्ने छ । 
पहिलो सेमेष्टर बाटै ईन्टर्नसिप प्रदान गर्दै आईरहेको यस कलेजको शैक्षिक वातावरण नेपाल मै ऊत्कृष्ट रहेको छ। यस कलेजले प्रत्येक बर्ष ३५ जना विद्यार्थी भर्ना लिने गरेको छ ।
सन् २०१९ बाट सञ्चालनमा आएको कलेजले यस कोर्षको नियमित शुल्क भने ५ लाख रुपैयाँ राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *