काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा हिजों सार्वजनिक गरे सङ्गै ब्रिजवाटर ई. कलेज सिनामगंलले उत्कृष्ट नतिजा हासिल गरेको छ ।

विज्ञान ,व्यवस्थापन, तथा कानुन संकायमा गरी परीक्षामा सहभागी मध्य उत्कृष्ट जिपिए ३.९५ सहित २० % बिधार्थीको ए प्लस, ३५ % बिधार्थीको ए, २५ ५ बिधार्थीको बि प्लस र १३ % बिधार्थीको बि ग्रेड ल्याउन सफल भएका छन् । विज्ञान संकाय अध्ययन गर्ने सचिन खरेल ३.९५, सुदिप ज्ञवालीले ३.९, देबराज बस्नेतले ३.७९,बिश्वनाथ सेजुवालले ३.६७, नितेश दाहालले ३.६६ , सेवक कुमार खड्काले ३.६२ र धर्म शाहीले ३.६ जिपिए ल्याएर उत्कृष्ट बनेका छन् । ।
त्यस्तै व्यवस्थापन संकायकि प्रकृति अधिकारिले ३.८२ जिपिए अङ्क ल्याएकि छन् भने क्यनिजा कार्कीले ३.७७ ,सुजना थापाले ३.७, सहदेब गौतमले ३.७ ,
रुपेन्द्र पुनले ३.६५ , अनुराज दाहालले ३.६४ , नबिन नेपालले ३.६४ र नितेश कुमार शाहले ३.६१ साथै कानुन संकायकी कुसुम पौडेलले ३.५५ जीपीए प्राप्त गरेकाे विद्यालयका सह-प्राचार्य बिष्णु शर्माले बताउनुभयो ।
ब्रिजवाटर कलेज यस बर्ष ९३ प्रतिशत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विगतका बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको ब्रिजवाटरले यो वर्ष पनि उत्कृष्टता हासिल गर्न सफल भएको प्राचार्य कृष्ण पौडेलले बताउनुभयाे। साथै सम्भवत यो नतिजा देशकै उत्कृष्ट मध्ये एक हुन सक्ने दावा गर्दै महंगो शुल्क बीना पनि गुणस्तरीय शिक्षा सम्भव भएको प्रमाणित गरेकोमा समस्त विद्यार्थी ,शिक्षक शिक्षिका, अभिभावक र कलेज व्यवस्थापन समुहलाई हार्दिक धन्यबाद व्यक्त गर्नुभयो ।
