काठमान्डौ: काठमान्डौको सिनामंगलमा अवस्थित ब्रिजवाटर इन्टरनेश्नल कलेजले यही श्रावण १५ गते सोमबार अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । विभिन्न विशिष्ट व्यक्तिको उपस्थिति तथा ख्याती प्राप्त कलाकारको बेजोड प्रस्तुति संगै अन्य सांगीतिक कार्यक्रम समेटिएको उक्त कार्यक्रम तिनकुने स्थित रोयल बेन्क्वेटमा हुदैंछ ।

कक्षा ११ मा भर्ना भएका नँया बिधार्थिहरुलाई आगामी २ बर्षको शैक्षिक यात्रा के कसरि अन्गादी बढ्छ? सो को बारेमा जानकारी गराउनु तथा बिधार्थी हरुलाई कलेजको बातावरण सँग घुलमिल बनाउनको लागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको कुरा कलेजका प्रचार्य कृष्ण पौडेलले बताउनु भयो ।

स्थापना कालदेखि नै बिज्ञान ब्यबस्थापन, मानविकी र कानुन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइराखेको यस कलेजले सबै तहका बिधार्थी तथा अविभावकलाइ समेट्दै आएको छ । आजको दिन सम्म आइपुग्दा अभिभावाक संग गरिएको शैक्षिक तथा आर्थिक सहमतिमा कत्ति पनि बिचलित नभै ब्यबहारिक रूपमा गुणस्तरीयता प्रदान गर्नु नै कलेजको मुख्य उद्देश्य रहेको कुरा कलेजका सह-प्राचार्य बिष्णु शर्मा बताउनुहुन्छ ।
यदि कोहि पनि बिधार्थिको कम जिपीए आएको छ, आर्थिक स्थति कम्जोर छ र छात्रवृतिको खोजीमा हुनुहुन्छ भने छिटो भन्दा छिटो कलेजमा सम्पर्क गरेर भर्ना लिन सकिने कुरापनि उंहाले बताउनुभयो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *