गुल्मी , १२ असार । लुम्बिनी प्रदेशअन्तर्गत गुल्मिदरवार -४ बिरबासमा रहेका मगर समुदायको मौलिक पर्व असार बार पर्व आज मनाइदैछ । यो पर्व बिशेष गरि यहाँका आदिवासी सुर्यबंशी समुदायले आफ्नो पुर्खाको पुजाको रूपमा लिदै आएको भएतापनिअन्य मगर जातिले पनि यो पर्व लाई मनाउने गरेको पाइन्छ । हुनत यस क्षेत्रमा बसोबास गर्ने गैर मगरले पनि यो पर्व उत्तिकै उत्साहपुर्वक मनाउने गर्दछन। नेपालमा बाइसे चौबीसे राज्य हुँदा यो क्षेत्रमा यहाँका आदिवासी सुर्यबंशी जातिले राज्य गरेको कुरा स्थानीय शिक्षा प्रेमी , समाजसेवी श्री ठाकुर प्रसाद शर्माले आफ्नो स्नातकोत्तर तहको शोधपत्रमा उल्लेख गर्नुभएको छ।तिनै सुर्यबंशी जातिकी एक चेली सयौं बर्ष पहिला घास काट्न हिडेकी र हाल वीरबास बजार क्षेत्रको पच्छिमतर्फको धार्नेको रुखमा आफ्नो सम्पुर्ण बस्त्र त्यही छोडेर देवत्व प्राप्त गरि त्यही विलयन भएको यो पुजाको जानकार क्या .इन्द्रबहादुर रजालीले भन्नुहुन्छ ।
स्थानीय क्षेत्र रुन्खादहमा प्रकृति पुजागर्न जम्मा भएकाबेला तिथि र मिति हेरेर यो पर्वको मिति तय गरिन्छ ।आज यो पर्व बिहान ७ बजे देखी जिजु बजै पुजा सुरु हुने र दिउसो १ बजे बिशेष मेलामा सास्कृतिक कार्यक्रम ,मगर परिकार र किनमेल हुने यो मन्दिर संचालक समिति अध्यक्ष श्री मन वीर प्यारेले जानकारी दिनु भएको छ।यो पर्व यस क्षेत्रको स्थानीय पर्व र यस क्षेत्रमा बसोबास गर्ने सबै यो पर्व मनाउने भएकोले यहाँका विद्यालय , सरकारी एवं गैरसरकारी कार्यालय बन्द हुनेगर्दछन। विरबास स्थित जिजुबजै मन्दिरमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ । बिहान यो पुजा शुरु भएपछि दिनभरि वीरबास बजार र यस क्षेत्र वरिपरि चहलपहल रहने गर्दछ ।
एकातिर मगर समुदायले आफ्नो पुख्र्यौली चेलीको सम्झना र सम्मानमा यो पर्व मनाउने गरेको पाइन्छ भने अर्कोतिर प्रकृतिपुजक मगर जाति यो बर्षाको समयमा रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित सामूहिकरूपमा यो पूजाआजा गर्ने गरेको पाइन्छ । परापूर्वकालदेखि नै यी समस्या समाधान गर्न यस जिजु बजै मन्दिरमा पूजा गर्दा कामना पूरा हुनेगरेकोले यसलाई निरन्तरता दिँदै मनाउँदै आएको शिक्षाकर्मी एवं यो पुजाका जानकार यम बहादुर रजाली भन्नुहुन्छ । नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको स्थानीय जानकारहरु भन्ने गर्दछन।
स्थानीय पर्व विभिन्न स्थान विभिन्न किसिमले मनाउने गरेको पाहिन्छ । यो जिजु बजै पुजा एक स्थानीय पर्व सङै एक मौलिक पर्वको रूपमा लिन सकिन्छ किनकि यो खालको पर्व कुनै स्थान हामी देख्न व सुन्न सकिदैन ।बिगत देखि यो पर्व मनाउन यो क्षेत्रका बासिन्दाहरु ३ दिन पहिला देखि आफ्नो वस्तुभाउलाइ घाँस काट्ने गरेको पाइन्छ ।यो पुजा गर्ने अघिल्लो दिनको मध्यान्तरतिर भर्लोको हरियो पातमा राखेको चामलको जाड जस्तो परिकार आज सम्पुर्ण पुजा सकिएपछि मुख्य पुजारीले खाएपछि आजको पुजा सकिएको मानिन्छ ।यसरी यो पर्वले यो क्षेत्रमा एक प्रकारको धार्मिक एवं सास्कृतिक महत्त्व राख्दछ नै सङै यो पर्वले एक आपसमा आपसी मेलमिलाप , भाइवन्धुत्वको भावना समेत जागृत गरेको छ।तसर्थ यो पर्व संरक्षण र निरन्तरताको लागी सबैको चासो हुन जरुरी छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *