काठमाडौँ, पुस ७ गते । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार यो दोस्रो प्रतिनिधि सभा हो। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ (८० वर्षीय) सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएसँगै सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ। यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको थियो।

शपथग्रहणलगत्तै ज्येष्ठ सदस्य राणाले संसद् सचिवालयमा सभामुखको पदभार ग्रहण गरी कार्यारम्भ गर्नुभएको छ। उहाँले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सदस्यलाई बिहीबार शपथग्रहण गराउने कार्यक्रम छ। त्यससँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल बिहीबारदेखि नै सुरु हुनेछ। सोही दिन दिउँसो १ बजे सदस्यहरूको पद तथा गोपनीयताको शपथ हुनेछ। ज्येष्ठ सदस्यबाट शपथ लिएसँगै सदस्यहरूको कार्यकाल प्रारम्भ हुनेछ। सदस्यका रूपमा पाउने सेवासुविधा पनि शपथपछि प्रारम्भ हुनेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *