चिसो मौसम सुरु भएसँगै विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गर्छन् । चिसो मौसममा फ्लू अर्थात् इन्फ्लुएन्जा भाइरस सक्रिय हुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार फ्लू हुँदा अचानक ज्वरो आउनु, घाँटी दुख्नु, नाक बन्द हुनु वा सिंगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकाइ महसुस हुनु  जस्तो लक्षण देखिन्छ ।

फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । कसैलाई निमोनिया पनि हुन सक्छ । पातलो दिसा आउने लगायतका फ्लूका लक्षण हुन् । फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छ । भाइरस भएको कुनै सतह छोएर आफनो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।

कसरी रोकथाम गर्नेफ्लू ?

–बिरामी भएका व्यक्ति भौतिक दूरी कायम राख्ने ।

–खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने ।

–शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने ।

–सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने  ।

–बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

–आफ्नो आँखा, नाक वा मुख नछुने ।

फ्लू भएका अधिकांशलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक पर्दैन । दीर्घ रोगी, गर्भवती,वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्न सक्छ । त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्र्पकमा औषधि सेवन गर्नुपर्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *