नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ।

शुक्रबार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको छ।

