काठमाडौं । आईफोन राम्रो कि एन्ड्रोइड भन्ने विवाद नौलो होइन । यी दवै फोनमा हुने अनेकन् फिचरले गर्दा मानिसहरू पक्ष- विपक्षमा उभिएका हुन्छन् ।

आईफोनमा हुने कतिपय फिचरहरू एन्ड्रोइडमा पाउन मुस्किल पर्छ भने एन्ड्रोइडमा उपलब्ध हुने कतिपय फिचर आईफोनमा पाउन सकिँदैन ।
हरेक वर्ष आईफोनको नयाँ सिरिज सार्वजनिक हुँदा अन्य सिरिज वा अन्य ब्रान्डभन्दा के कुरा भिन्नै छन् भन्ने प्रश्न आउने गर्छ । त्यसमा पनि एन्ड्रोइडभन्दा कुन फिचर विशेष छ भन्ने कुरा आउँछ ।
एप्पलले आफ्नो आईफोन अपरेटिङ सिस्ट (आईओएस) अन्य अपरेटिङ सिस्टमको तुलनामा भरपर्दो, प्रयोग गर्न सजिलो, सुरक्षित र आकर्षक छ भन्दै प्रयोगकर्ताको मन जितिरहेको हुन्छ ।
एप्पलले हरेक पटक नयाँ सिरिज सार्वजनिक गर्दा उक्त सिरिज एकदमै नयाँ फिचरले भरिपूर्ण भएको दाबी गर्दै आइरहेको छ ।

