नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य बुधवार ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको छ ।

