अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहान ८.५० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *