Close up horizontal photograph of a medical syringe being pushed into the rubber cap of a medicine vial. The vial is being held in the hand of a gloved medical provider. The image has shallow depth of field and the focus in on the tip of the syringe needle. The background is out of focus but appears to be related to the medical field.

पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल र उपप्रमुख काशिका गैरेले सोमबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुभयो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल बताउनुहुन्छ । स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ ।

सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकामा १२ वर्षभन्दा माथि उमेरका कोभिड विरुद्वको खोप १२ हजार १०२ जनाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ । सोही तथ्याङ्कका आधारमा पालिकाका करिब ९९.८० प्रतिशत कोभिड विरुद्वको खोप पालिका घोषणाका लागि जिल्ला समन्वय समितिसमक्ष पेस गरिएको र स्वीकृत भई घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताउनुभयो । पालिकाभित्र छवटा स्वास्थ्य चौकी र पाँचवटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । साबिकका सिलुवा, जल्पा, रिङ्नेरह, देवीनगर, वीरकोट र हेक्लाङ्ग गरी छवटा गाविसहरू समेटेर पूर्वखोला गाउँपालिका बनेको हो । यस पालिकाभित्र हाल छवटा वडा छन् ।रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *