काठमाडौँ। नेपाल होस्टेल एसोसिएसनको नवौँ साधारण सभा तथा केन्द्रिय अधिवेशनको लागि अरुण पराजुली समुहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ। यहि जेठ २८ गते हुने नयाँ कार्यसमितिको निर्वाचनको लागि बुधबार काठमाडौँमा आयोजित एक समारोह बीच वर्तमान बरिष्ठ उपाध्यक्ष समेत रहेका पराजुलीले आफ्नो प्यानल सार्वजनिक गरेका हुन्।

सो कार्यक्रममा पराजुली समुहले २१ बुँदे प्रतिवद्दता पत्र समेत होस्टेल व्यवसायी बीच पेश गरेका छन्। होस्टेल ब्यवाशयिका समकालीन समस्या समाधान गर्ने देखी बिधि, बिधान, नियम र पद्धति अनुरुप सँस्था संचालन गर्ने सम्मका बिषयहरु सो प्रतिवद्दता पत्रमा समेटिएको छ। आफ्नो प्यानल प्रस्तुत गर्दै अध्यक्ष पदका आकांक्षी पराजुलीले एसोसिएसनको इतिहासमा आफुले नयाँ अध्यायको थालनी गर्ने घोषणा समेत गरेका छन्।
एसोसिएसनका संस्थापक अध्यक्ष किरण राजभण्डारी, पुर्व अध्यक्षहरु राजीव जोशी र सुबास कोइराला, केन्द्रिय सल्लाहकार ऋषिश्वर थपलिया र सीताराम भट्टराईले सो प्यानललाई सफलताको शुभकामना दिएका थिए। त्यसैगरी सो सभामा पुर्व सल्लाहकार तथा केन्द्रिय उपाध्यक्ष सुरज भट्टराई, केन्द्रिय सचिव डन्डी प्रसाद गौतम, काठमाडौँ जिल्ला अध्यक्ष राजु भुजेल, ललितपुर जिल्ला अध्यक्ष देबिता क्षेत्री, ललितपुरका पुर्व जिल्ला अध्यक्ष सन्तोष दाहाल लगायतले समेत शुभकामना मन्तब्य दिएका थिए। सो सभामा उम्मेदवारको नाम घोषणा गर्दै पुर्व अध्यक्ष सुबास कोइरालाले पराजुली समुहलाई नै किन अबको नेतृत्व दिनु आवश्यक छ भन्ने बिषयमा लामो मन्तब्य प्रस्तुत गरेका थिए।
ठुलो संख्यामा होस्टेल व्यवशायीहरुको उपस्थिति रहेको सो कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल होस्टेल एसोसिएसनलाई एक जुझारु र शत प्रतिशत ब्यवाशयिको हक हितका लागि आफुलाई समर्पित गर्ने नेतृत्वको आवश्यकता रहेको कुरामा जोड दिएका थिए। वर्तमान बरिष्ठ उपाध्यक्ष समेत रहेका पराजुलीले आगामी कार्यकालको लागी अध्यक्ष पदमा आफ्नो दाबी पेश गर्नुलाई आफुहरुले स्वाभाविक रुपमा लिएको वक्ताहरुको भनाई रहेको थियो।
पराजुलीको समुहमा यसअघी सफलतापुर्वक काठमाडौँ जिल्ला समितिको नेतृत्व गरिसकेका व्यक्तित्वहरु सुनिता लाकौल र नरेन्द्र ब. बोहरा क्रमश बरिष्ठ उपाध्यक्ष र महासचिवका प्रत्यासी रहेका छन्। कोरोना कालमा आम ब्यवाशयिका समस्यासँग प्रतक्ष्य रुपमा जोडिएर काम गरेका लाकौल र बोहराका अतिरिक्त महिला उपाध्यक्ष पदका लागि मेनुका प्रधान र सचिव पदमा प्रकाश पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सो समुहको कोषाध्यक्षमा राज कुमार केसीले उम्मेदवारी पेश गरेका छन् भने ६ जना सदस्यका उमेद्वारहरु क्रमसः ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै बालकृष्ण सापकोटा, असरराज खनाल (आलोक), रमिला श्रेष्ठ, राज गुप्ता, थाम बहादुर रोका र यसोधा थापा रहेका छन्।

