काठमान्डौ , २६ चैत्र : इभेन्ट क्रियटर्स एण्ड मिडिया प्रा. लि. को आयोजना तथा टिभिएसको मुख्य प्रायोजनमा यही चैत्र २९ गते देखि बैशाख ३ गते सम्म नँया वर्षको अवसरमा स्वदेशी तथा बिदेशी ब्यबसाय प्रबर्धन गर्ने उद्देश्यले “वेलकम समर २०२२” नामक मेला हुने भएको छ। स्वदेश तथा विदेश बाट आफ्नो ब्यबसाय प्रबर्धन गर्न बिभिन्न क्षेत्रबाट ब्यबसायी हरु मेलामा सहभागी हुने कुरा प्रालिका प्रमुख बिष्णु शर्माले जानकारी दिनु भयो। मेलामा बंगलादेश, भारत, पाकिस्तान र नेपालमा बनेका बिभिन्न बस्तु तथा चिजहरुको किनबेच हुनेछ ।

लामो समय देखि कोरोनाले प्रताडित बनेको ब्यबसायिक क्षेत्रलाइ यी र यी जस्ता मेलाले ब्यबसायीहरुमा थप उर्जा ल्याउने कुरामा आयोजक टिम विश्वस्त छ। मेलामा सहभागी भएर सर्वसाधारण ले गर्मि याम संग सम्बन्धित बिभिन्न चिज तथा बस्तु हरु किनमेल गर्न सक्नेछन । काठमान्डौको भृकुटीमण्डपको कम्पाउण्डमा लाग्ने उक्त मेलामा झन्डै ५ लाख मानिसहरुको उपस्थिति गराउने गरि काम भैराखेको आयोजक टिमले जानकारी दिएको छ । मेलामा टिभिएसका नया मोडलका मोटरसाइकलको सट्टा पट्टा तथा किनबेच पनि गर्न सकिनेछ।
मेलामा उपस्थित भएर मेला अबधिभर थप उर्जा प्रदान गरिदिनु हुन् साथै आफ्नो व्यवसायलाई प्रबर्धन गर्न समयमै स्टल बुक गरेर मेलामा सहभागी हुन सक्ने कुरा पनि इभेन्ट क्रियटर्स एंड मिडिया प्रा. लि.कि निर्देशक स्मिता ढकालले सबैमा सबिनय अनुरोध गर्नु भएको छ।

