फाल्गुन २५, काठमाडौँ: आज फाल्गुन २५ गते म आमा बनेको दिन। कुनै पनि महिलाको जीवन मा आमा भन्ने शब्दले कति महत्व राख्छ भनेर मैले पहिलो पटक महसुस गरेको दिन। सायदै यो दिन मेरा लागि मेरो जीवनको सबैभन्दा सुखद दिन। आजको दिन मैले मेरो मनमा सजिएका केहि शब्द हरु लाई मेरो छोरा अभ्यास शर्माको शुभ जन्मोत्सवको सुखद अवसरमा बैबाहिक जीवनका सुरुवात पश्चात आमा बन्ने समय सम्मका आरोह र अवरोह र त्यसपश्चात का खुशीका क्षणहरुलाई शब्द मार्फत ब्यक्त गर्न गई रहेको छु।

२०७० मंसिर १३ गते म बैबाहिक जिबनमा बाधिए र हामी दुई ले भबिष्य निर्माणको लागि काठमाडौँ मै रहेर रोजगारी संग संगै विभिन्न योजनाहरु बुन्दै गयौ। एक आपसको विचार, योजना मेल खादा सुखद दिनहरु बितिरहेका थिए।हामी दुवै जना एउटै संस्थामा काम गर्थेउ र हामीले संगै विदेश जाने योजना अनुसार सबै डकुमेन्टहरु तयार गरेर अस्ट्रेलिया, क्यानाडाको लागि निवेदन दियौ । तर भाग्यबश भनौ या दुर्भाग्य भनौ ,हाम्रो भिजा लागेन। यति हुदा हुदै लगभग हामीले हाम्रो विबाहको दोस्रो बैवाहिक वर्ष गांठ मानिरहेको थियो। विदेशका लागि योजना बनाउदा लागेका ऋण तिर्नको लागि भनेर अझ बढी मिहेनत का साथ काम गर्दै गयौ र सोही बमोजिम हामी सफल पनि भयौ। त्यसपछि एक विवाहित महिला भएको हैसियतले तेस्रो वर्ष पछि म मा आमा बन्ने इच्छा जाग्यो। श्रीमानसंग को सल्लाह ,घर तथा माइती पारिवारिक सदस्यहरुको रहर लाई पुरा गर्ने चाहनाले बच्चाको योजना बनायौ। बच्चाको योजना गराउदै गर्दा २०७४ साल भदौ महिनाको ४ गते म पहिलो पटक गर्भवती भएको थाहा पाए। हामी अत्यन्तै खुशी थियौ तर दुर्भाग्य त्यो खुशी  महिना बढी टिक्न सकेन। खोइ के कारण ले हो मेरो गर्भ खेर गएछ। त्येसपछि हामी के गर्ने ,कसो गर्ने भन्ने अलमल मा पर्यौ। जीवन मा सोचे जस्तो त कहाँ हुदो रहेछ र। डक्टर को सल्लाह वमोजिम मेरो शारीरिक चेक जाँच पश्चात केहि महिना सम्म बच्चाको योजना नगर्ने निर्यणमा पुग्यौ। हामी ले यसलाई एउटा नराम्रो घटना को रुपमा स्वीकारेका थियौ। दिनहरु बितिरहेको थियो। हामी भविष्य मा त्यस्तो घटना फेरी नहोस भन्नका लागि काठमाडौँ का एक सा एक हस्पिटल र डक्टर को परामर्श लीइनै रहेको थियौ। थाहै नपाई १ वर्ष बितिसकेछ। फेरी हामीले बच्चा को योजना गर्यौ। र २०७५ साल को आषाढ ५ गते दोस्रो पटक गर्भवती भएको खबर ले निकै हर्षित तुल्यायो। सायद पहिले मेरो जीवनमा नराम्रो घटना घटेर होला मेरो मनमा खुशी संगसंगै डर पनि उतिकै थियौ।

 

काठमाडौँको ब्यस्त जीवन बिहान ६ देखि साँझ ६ सम्म को काम ले गर्दा असर गर्ला कि भनेर ३ महिनाको बिदामा बस्ने निर्णय गरे र म पूर्ण रुपमा रेस्ट मा थिए। समय ले आफ्ना बाटो लिई राखेको थियो।  फेरी डक्टर का निरन्तर सम्पर्क मा रहदै नियमित चेक जाँच गरिरहेकै  थिए।  २०७५ श्रावण १० गते बिहान नियमित चेकजाँच को लागि पाटन हस्पिटल गए।  सोहि दिन मेरो भिडिओ एक्सरे गर्ने दिन रहेछ।  म भिडियो एक्सरे को लागि गए। डक्टर ले मेरो भिडियो एक्सरे लिनुभयो।  विधार्थी को लागि परीक्षाको डर भने जस्तै थियो मेरो लागि भिडियो एक्सरे को रिपोर्ट। उही किसिमको डर र त्रास मेरो मानसपटल थियो। धेरै बेरको एक्सरे अवलोकन पश्चात डक्टरले भनेको त्यो बाक्य (बच्चा को ढुकढुकी नै  भेटिएन )ले मेरो जीवन मा दोस्रो पटक कालो बादल लाग्यो।

मलाई एकाएक जाडो भको जस्तो, के गरौ, कता जाउ ,कसरि यस्तो भको होला,के भको होला ,मैले केहि सोच्न सकिन।  मेरो श्रीमान् मेरो निरन्तर फोन सम्पर्क मा हुनुहुन्थ्यो।  एकाएक मेरो मोवाइल को घन्टी बज्यो। श्रीमान को फोन रहेछ।  मेरो मुख बाट बाक्य फुटेन र फोन मामु लाई दिए र म बाथरुम गएर धरधरती रोए। जीवन प्रती को मोह शुन्य लाग्यो।

मेरो मन मा एउटा मात्र प्रश्न उब्जियो कि जीवन मा म कहिले आमा बन्छु होला। हस्पिटल बाट सरासर घर आए। श्रीमान संग भेट भयो।  म केहि बोल्न सकिन। वहा ले मलाई सम्झाउनु भयो। ”सानु जीवन मा जे लेखेको छ,त्यो नभई छोडदैन,तिमी टेन्सन नलेउ। ” तर म भोलि का दिन हरु कसरी बित्लान भन्ने कुरा नै सोचिरहेको थिए।  म विवश थिए, जीवन को यो चक्र अगाडी बढाउनु नै थियो। हामीले पुन एक पटक आफुलाई सम्हाल्यौ। हामीले मान,इज्जत, पैसा ,परिवार को साथ सबै थियो तर पनि खुशी थिएनौ। साथीभाई, इष्ट मित्र ले फोन गर्दा नया खबर के छ भन्ने गर्थे। त्यो सुन्दा सायद सबैले बच्चा कै बारेमा सोधेको होला भन्ने जस्तो हुन्थ्यो ।

 

दिन हरु बित्दै थिए। एक अर्का बीच को माया र बिश्वासले जीवन मा जस्तोसुकै अप्ठ्यारा हरु लाई पनि पराजित गर्न सकिन्छ भन्ने आँट थियो। त्यही अनुसार नै मैले श्रीमान बाट माया र भरोसा पाई नै रहे।

म आफुलाई यस कारण ले पनि भाग्यमानी ठान्छु कि मेरो श्रीमान, सासु -ससुरा, बाबा-मामु ले आफ्नो  रहर लाई थाती राख्दै मेरो दुख मा मलम लगाउने काम गर्नु भयो। म यस को लागि सधै ऋणी छु।

वास्तबमा , मानिसलाई  अप्ठ्यारोमा पर्दा, दुखि हुँदा  श्रीमान लगायत पारिवारिक सदस्यहरु,साथीहरुको साथ र  हौसलानै   जिबनका  उर्जा बन्ने रहेछन।फेरी पनि आमा  बन्ने रहर त कहाँ  मर्दो रहेछ  र । बच्चाको योजना  गर्दा गर्दै  २०७६ साल आशाद २५ गते मेरो जन्मदिनको दिन तेस्रो पटक म गर्भवती भएको जानकारी पाएँ । खुसि त  के भनौ मनमा डर र त्रासको ज्वालामुखी फुटीरहेको थियो र पनि हरेक परिस्थिति संग जुध्नुलाई बाध्यता  ठानी मनमा खुसीका  उमंगहरुलाई फुलाउने प्रयासमा  थिएँ । निरन्तर चेकजाँचको लागि यसपटक मेरा श्रीमानका  सहकर्मी म्याडम  प्रगति  तिमिल्सिनाले हिमाल हस्पिटलमा जाने सल्लाह दिनुभयो । मेरो जस्तो समस्याको लागी सोहि हस्पिटलको  सिनियर गाइनोकोलोजिस्ट  डा. रोशन थापा रायमाझी  अब्बल हुनुहुदो रहेछ। वहाकै  सल्लाह बमोजिम मेरो र  बच्चाको स्वास्थ्य  स्थिति निरन्तर  चेकजाँच गराइरहे। प्रत्येक  पटकका चेक जाँचमा बच्चा  र मेरो स्वास्थ्य स्थिति एकदम  सामान्य  नै थियो । तर एक्कासी जब म छ महिनाको गर्भवती  थिएँ , निरन्तरको खोकी  र सामान्य  ज्वोरोले ब्रोनकाइटिस  जस्तो रोगको सिकारमा परे । डाक्टरले  हस्पिटलमा भर्ना भएर एन्टीबायोटिक लिन सल्लाह दिनुभयो ।

गर्भवती  भएको समयमा कुनै पनि औषधि  खानु हुदैन भन्ने सोचाइले मलाई अत्यन्तै  दुखि तुल्लायो । मैले फेरी एकपटक गहिरिएर  सोंचे मैले कसरि मेरो स्वास्थ्य  सुधार्नको लागि बच्चालाई जोखिममा  पारौं ।

फेरी पनि श्रीमान र परिवारको  हौसलाले म ३ दिन को हस्पिटल बसाइ पश्चात घर फर्किएँ । म मेरो  माइती घरमै बेड  रेस्टमा  थिए , मलाई मेरि जन्मदिने आमा , मेरी मामुले दिने सुझाब, हेरचाह  र सल्लाह  सायदै कुनै डाक्टरको भन्दा कम थिएन ।यस्तै गर्दा गर्दै फाल्गुन २० गते अन्तिम चेकजाँचका लागि हस्पिटल गए र  अन्तिम भिडियो एक्सरे  गर्दा बच्चाको नाल ठिक घाटी माथिबाट  गएको भन्ने रिपोर्ट आयो। पहिले पनि २ पटक मिस्क्यारेज  भैसकेकोले  यसपटक पनि केहि रिस्क हुन्छ कि भनेर हामीले  सर्जरी गर्ने र आजकै दिन फाल्गुन २५ गते बच्चा निकाल्ने निर्णय गरियो । अन्तत:  फाल्गुन २५ गते बिहान ७: १५ बजे सफलतापुर्बक म आमा बने। मैले मेरो छोरालाई यस धर्तीमा जन्म दिए, लाग्यो म पूर्ण भए, खुसिका आँशु हरु बगिरहेका थिए, सायद औषधी ले गर्दा होला कम्मर भन्दा माथिको भागले मात्र काम गरेको जस्तो लागेको  थियो र पनि कता जाउँ, के गरौँ जस्तो लागेको थियो। यो क्षण मेरो जिबन को सबैभन्दा बढी खुशीको क्षण बन्न पुग्यो । केहि समय पछि मलाइ अर्कै रूममा सारियो जहाँ मैले मेरो श्रीमानलाइ भेट्ने मौका पाएँ , र “सोधे  बाबु कस्तो छ?” जफाफ मा पाएँ  ” बाबु तिमि जस्तै छ”। खुसीको सिमा थिएन हामि एक अर्को लाइ हेरी रह्यौं , दुबैका आँखामा  टिलपिल आंशु भरिएका थिए । त्यसपछि मा केहि समयको लागि निदाएछु । …

 

” छोरा, मेरो जिबनको  बाँकी समय तिम्रा  हरेक सुख-दुख, आरोह- अबरोह, उतार चढाबमा संगै हुने संकल्प गर्दछु “

जीवनमा तिमीलाई पाएर आफुलाई धेरै भाग्यमानी महसुस गरेको छु।

तिम्रो हरेक पाइलामा सफलताको कामना गर्दछु।  हरेक पल खुशी मा बितोस। कहिले उदास नहुनु

“तिम्रो आमाको तर्फ देखि तिमीलाई जन्मदिनको धेरै शुभकामना “

“धेरै माया बाबु “

उही तिमीलाई माया गर्ने आमा

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *