जलविद्युत् क्षेत्रको विकास र विद्युत् आदान प्रवद्र्धन लक्षित गतिविधिलाई अझै प्रभावकारी बनाउन नेपाल र भारतका ऊर्जा सचिवबीच विभिन्न सहमति भएको छ । बिहीबार काठमाडौँमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको नवौँ बैठकले दुई देशबीच रहेका प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, अरुण–३ जलविद्युत् आयोजना तथा प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत् आयात निर्यातलगायतका विषयमा छलफल गरी सहमति जुटाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षता तथा भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षता बैठक बसेको थियो । बुधबार सम्पन्न सहसचिवस्तरीय कार्यदलमा जुटेका सहमतिलाई निर्देेशक समितिले अनुमोदन गरेको हो।स्रोत: गोरखापत्र अनलाइन ।


