RAIN

काठमाडौं : बुधबार(आज) देशका अधिकांश भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मौसम बदली रहेको छ। अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्ण बदली भई धेरैजसो भूभागमा समान्यदेखि मध्यम वर्षा , बागमती प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका धेरैजसो भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी‚ गण्डकी‚
बागमती प्रदेश र प्रदेश १ मा सामान्य तथा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *