भैरहवा : रुपन्देहीको बुटवल क्षेत्रमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्।

बुटवल उपमहानगरपालिका १२ स्थित तामनगर क्षेत्र (कोरियन कलेज अगाडि) मा लु २ ख ९७७२ नम्बरको रोकिएको ट्रकमा सोही दिशाबाट लु ३ च ४४४२ नम्बरको कार ठोक्किदाँ दुर्घटना हुन पुगेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछाने बताए ।

दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७  वर्षीय नवीन श्रेष्ठ छन्। दुर्घटनामा बुटवल–१३ का भगीरथ चौधरी र वडा नम्बर १२ का अनिष जिसी गम्भीर घाइते भएका छन्।

घाइते अनिश जी.सीको अवस्था समान्य र भगिरथ चौधरीको अवस्था गम्भीर रहेकोमा दुवैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

ट्रक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।स्रोत: अन्नपुर्ण पोष्ट ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *