gold

सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।

आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ पनि घटेको छ। आइतबार एक हजार २५० रुपैयाँमा  कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ। सोमबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *