मनोरञ्जन
विदेश : रियालिटी शो बिग बोस सिजन १५ को उपाधि टिभि अभिनेत्री तेजस्वी प्रकाशले जितेकी छन्। तेजस्वीले विजेता ट्रफीसँगै ४० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्।उपविजेता भने प्रतिक सहजपाल बनेका छन्।

बिग बोस सिजन १५ को फाइनलमा तेजस्वी प्रकाश, प्रतीक सहजपालसँगै करण कुन्द्रा, शमिता शेट्टी र निशान्त भट्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। करण कुन्द्रा तेस्रो नम्बरमा थिए। हरेकपटक जस्तै यसपटक पनि उत्कृष्ट ५ प्रतियोगीले पुरस्कार राशी लिएर बाहिरिने विकल्प पाएका थिए। निशान्त भट्टले उक्त विकल्प रोजे।

तेजस्वी प्रकाश बिग बोसको घरमा करिब ४ महिना बसिन्। ४ महिनाकोअवधिमा घरका अरु सदस्यहरुसँग उनको कहिले राम्रो मित्रता भयो भने कहिले मनमुटाव भएको थियो।

मुम्बईमा जन्मेकी र हुर्केकी तेजस्वी प्रकाश इन्जिनियरिङमा स्नातक हुन्। सन् २०१८ मा ‘स्टार प्लस’ बाट प्रसारण भएको सिरियल ‘कर्ण संगिनी’ मा उनी उर्वीको भूमिकामा थिइन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *