logo

दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर अझै त्यो कार्यान्वयमा नआएकोप्रति किसानसँग सम्बन्धित सङ्घसंस्थाले आपत्ति जनाउँदै सो माग गरेको हो ।

केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडले एक विज्ञप्ति जारी गरी दूधको मूल्य तत्काल वृद्धि नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । बोर्डले सरकारलाई मूल्य वृद्धिसम्बन्धी प्रतिवेदन बुझाएको एक महिनाभन्दा बढी भइसक्यो तर त्यसलाई कार्यान्वयमा आनाकानी गरिरहेको सङ्घका महासचिव रामप्रसाद आचार्यले बताए । तीन वर्षदेखि कच्चा दूधको मूल्य वृद्धि भएको छैन । यसबीचमा पशुलाई खुवाउने पराल, दाना, चोकर, औषधिलगायतको मूल्य अत्यधिक वृद्धि भएको छ तर दूधको मूल्य वृद्धि नभएका कारण किसान मर्कामा परेको बताउँदै महासचिव आचार्यले दूधको मूल्य वृद्धि नहुने हो भने दुग्ध क्षेत्र नै धराशायी हुने बताए । डेरी उद्योगीहरूले दूध नपाएर विदेशबाट आयात गर्न पाउनुपर्छ भनी कृषि मन्त्रालयसँग माग गरेका छन् ।

हाल उपभोक्ताका लागि प्रतिलिटर ६५ रुपियाँमा बिक्री वितरण भइरहेको छ । बोर्डले सबै सरोकारवालालाई राखेर एउटा समिति गठन गरेको थियो । सोही समितिमार्फत सातवटै प्रदेशमा अध्ययन गराएर प्रतिवेदन तयार गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *