अहिलेसम्मको अनुसन्धान हेर्दा ओमिक्रोन भेरियन्ट पहिलेको भाइरसभन्दा के फरक छ भने माथिल्लो श्वासप्रश्वास प्रणाली जुन छ, श्वास नलिमा इन्फेक्सन गराउँछ। रुघा बढी लगाउँछ। पहिलेको डेल्टा भाइरसले फोक्सोमा असर पुर्याउन सक्थ्यो। निमोनिया गराउँथ्यो। ओमिक्रोनको लक्षण भनेको रुघा लाग्नु, जिउ दुख्नु, टाउको दुख्नु, ज्वरो आउनु हो। जसले भ्याक्सिन लगाएको छ त्यसलाई अफ्ठेरो बनाउने कम चान्स हुन्छ। माइल्ड इन्फेक्सन (हल्का संक्रमण) गराउँछ।


