CORONA

गत २४ घण्टाभित्र नेपालमा थप २,४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार १,४४६ जना थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ६४८ जनाको पिसिआर परीक्षण र ४  हजार ३८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितके संख्या पिसिआर परीक्षणबाट ८ लाख ३५ हजार ९२७ र एन्टिजेन परीक्षणबाट ९७ हजार ९६७ रहेको छ।

निको हुनेके संख्या ३१३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख १४ हजार ७९८ पुगेको छ।

संक्रमणबाट से मबार १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०७ रहेको छ।

नेपालमा हाल ९ हजार ५२२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ८० हजार ४५७ खोप लगाइएकाे छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *