काठमाडौं उपत्यकामा २५३ जना कोराेना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन्।

गत २४ घण्टाभित्र नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २६७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ६ हजार ७१५ जनाको पिसिआर परीक्षण र ३  हजार ५५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ३० हजार २ र एन्टिजेन परीक्षणबाट ९६ हजार ३८३ रहेकाे छ।

निकाे हुनेकाे संख्या २३९ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १३ हजार १७६ पुगेकाे छ।

संक्रमणबाट बुधबार कसैकाे पनि मृत्यु भएको छैन। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६०१ रहेकाे छ।

नेपालमा हाल ५ हजार २२५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ४६ हजार ३८५ खाेप लगाइएकाे छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *